आज एमालेका पूर्व सभासद् रन्जु ठाकुरले भन्ने नागरिकता प्रमाणपत्रबाट बञ्चित लाखाैं नेपालीहरुकाे आधारभूत अधिकार प्राप्तिमा तत्कालै सहजता हाेस भन्ने सदाशयताले अध्यादेश मार्फत नागरिकता ऐनमा संशाेधन ल्याईयाे ! दुर्भाग्यवश याे संशोधनलाई सर्वाेच्च अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दियाे ! अदालतकाे अन्तरिम आदेशले धेरैकाे माैलिक अधिकार तथा मानव अधिकारसमेत हनन भएकाे छ ! याे आदेशले थुप्रै प्रश्नहरु उब्जाएका छन ! जस मध्ये केहि प्रश्नहरु – (१ ) के जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नेपाली नागरिकता नदिनु वा दिन राेक्नु उनीहरु प्रति गरिएकाे ठुलाे अन्याय हाेईन ? (२)के नेपाली नागरिक आमाबाट जन्मेका तर पिताकाे पहिचान नभएका सन्तानलाई आमाकाे नामबाट नागरिकता दिन राेक्नु न्याय संगत हाे ? (३) के जन्म सिद्ध नागरिकका सन्तानलाई राज्यविहीन बनाउने कुराे न्यायाेचित हुन सक्छ ? (४) के याे आदेश सराेकारवालाका लागि मान्य र जायज हुन सक्छ ? (५) के पहाडी मूलका नेपाली अमा र जन्मसिद्ध नागरिकका सन्तानहरुका लागि याे संशोधन हाेईन र ?
(६)मधेसी समुदायका लागि मात्र केन्द्रित हाे र ? (७)प्रभावित दुवै समुदायका नेपाली नागरिकका हकमा याे आदेश स्वीकार्य याेग्य हुन सक्छ ?(८) अध्यादेश पनि विधायी बुद्धिमत्ता हाेईनर (९)विधायी बुद्धिमत्ता मा अदालतले न्यायिक आत्म संयम राख्नु पर्दैन र ? (१०) नेपाली नागरिकताबाट बञ्चित नगरिने संविधानकाे धारा १०(१) काे प्रतिबद्धतालाई न्यायमुर्तिहरुले समेत सम्मान गर्नु पर्ने हाेईन र ?