0
Shares
उपत्यकामा कोरोना नियन्त्रण तथा रोकथामको लागि काठमाडौं, ललितपुर र भक्तपुर एक साता थपिएको जारी निषेधाज्ञा आजदेखि लागु भएको छ । यस अघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप १ साता वढाउने निर्णय भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १ साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
यसै गरी थपिएको निषेधाज्ञामा केही प्राबधान खुकुलो पारिएका छन् । अब उपत्यकामा खाद्यान्न पसलहरू ११ वजेसम्म खुल्नेछन् भने अनलाइन डेलिभरी सुरु हुने भएको हो ।
यस्तै पुस्तक पसल विहान ११ वजेसम्म खोल्न दिने, अपराह्न चार बजेपछि हार्डवेयर पसल खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजीकरण गर्न दिने भएको छ ।
हर्नुहोस् पूर्णपाठ :