जसपाका अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई निर्देशन

0 Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष महन्थ ठाकुरले हिजो एक बिज्ञप्ति जारी गरी उपेन्द्र पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अबैधानिक र अनाधिकृत रहेको बताए ।

उपेन्द्र यादवले बोलाएको बैठकबाट हुने कुनैपनि निर्णय पार्टीको आधिकारिक निर्णय हुन नसक्ने ठाकुरको जिकिर गरे  ।

यससम्बन्धी जानकारी महन्थ ठाकुरले निर्वाचन आयोगमा समेत पठाएका छन् । जसपामा बिवाद चर्कीएको बेला अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति फेरफेर गरेपछि उपेन्द्र समुह थप झस्किएको छ ।

निर्वाचन आयोगले आफुहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिररहेको उपेन्द्र समुह आयोग बिरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

सम्बन्धित समाचार

सबै