प्रहरी मणिकान्त झालाई मधेशी आयोगको विशेष दबाबपछि पुनः सोही ठाउँमा

0 Shares

मधेशी भन्दै हेपिएका मणिकान्त झा भन्ने प्रहरीलाई केहि सामाजिक अभियन्ताहरुले करिब १ महिना अगाडी “मधेशी हो, मधेश तिर जा” शब्दहरु प्रयोग गरि हेपेको सम्बन्धमा भाइरल भएको भिडियो हिजो आयोगमा उजुरी आउन बित्तिकै माननीय अध्यक्षज्यूको निर्देशनानुसार दर्ता गरि सम्बन्धित निकायमा आवश्यक कारवाहीको लागि आयोगले पठाइसकेको जानकारी गराउदछु |

तत्पश्चात मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्युले आफैं हिजो नै नेपाल प्रहरीका महानिरीक्षकलाई फोन सम्पर्क गरि तुरुन्त घटनाको छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याउन भनिसक्नुभएको पनि विनम्र निवेदन गर्दछु |

माननीय अध्यक्षज्यूको फोन पश्चात प्र.स.नि मणिकान्त झा लाई महाराजगंज बाट बग्गीखानामा गरिएको काज सरुवालाई फिर्ता गरि फेरी प्र.स.नि मणिकान्त झा लाई हिजो नै पुन: महानगरीय ट्राफिक, महराजगंज पठाइसकेको पनि सम्बन्धित सबैमा जानकारी गराउदछु |

दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले सिफारिस गरिसकेको र प्रक्रिया पनि अगाडी बढिसकेको विनम्र जानकारी गराउदछु |

कुनै समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानुनत : अपराध हो र यस्ता घटनाहरु प्रति माननीय अध्यक्षज्यू र आयोग सचेत रहेको समेत सबैमा विनम्र जानकारी गराउदछु |

यस्ता घटनाहरु घटेमा आयोगको हेल्पलाइन ११५२, टोल फ्री १६६००११६१८५, फोन ०१-५२६११८५ मा सम्पर्क गरि उजुरी टिपाउन सक्नुहुनेछ |

धन्यवाद !

सम्बन्धित समाचार

सबै