0
Shares
उनलाई सप्तरी प्रहरीले बुधवार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षकले जानकारी दिए । प्रहरीका अनुसार असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।
सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो ।
पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको प्रहरीले बताएका छन् ।