0
Shares
रौतहटः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ‘लास्टै गफाडी’ को संज्ञा दिएका छन् । गृहजिल्ला रौतहटमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ओलीलाई लाष्टै गफाडी भएको संज्ञा दिएका हुन् ।
अध्यक्ष नेपालले भने उनका कुराहरू टिपोट गर्दै जानूस् । बोलेका के के कुरा पूरा गरे रु ओलीजी गफाडी नम्बर वान हो । उनले घर–घरमा ग्यास बाल्दिसके । पानीजहाज चलाइसके । जहाजको टिकट काटिसक्नुभयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नूस् ।’
उनले सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री देउवा स्वदेश फर्केलगत्रै पाँच दलको बैठक बसेर निकास दिइने बताए । उनले अदालतमा देखिएको समस्या पनि तत्कालीन प्रधानमन्त्री ओलीकै उपज भएको आरोप लगाए ।