0
Shares
नेपालगञ्जः नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज दुर्घटनामा परेको छ । १४ यात्रु र कार्गो बोकेको बोकेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
आज हुम्लाको सिमिकोट उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर, जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट)मा प्वाल परेको छ ।
धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको जनाएको छ ।