0
Shares
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले मर्यादा पूरा नगरेको बताएका छन् । उनले आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले अदालतको मर्यादा कुनै पनि न्यायाधीशले पूरा नगरेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मात्र नभई सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताए।
फरक प्रशंगमा कुरा गर्दै ओलीले एमसिसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये एक जनाले झुट बोलिरहेको बताए । साथै उनले यसबारे यथार्थ बोल्न पनि देउवा र प्रचण्डलाई आग्रह गरे ।