चिसो बढ्दै गएकाले चिसोबाट बच्न मौसमविद्को आग्रह

0 Shares

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकाले चिसोबाट बच्न आग्रह गरे ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यका सहित देशभर चिसो बढ्दै गएको बताए । उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको छ ।

आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ । वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने पनि बताए ।

उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए ।

सम्बन्धित समाचार

सबै