0
Shares
एजेन्सी: चर्चित पाकिस्तानी अधिकारकर्मी तथा नोबेर शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले विवाह गरेकी छन्। २४ वर्षीय मलालाले बेलायतमा बालपनका साथी समेत रहेका असर नाम गरेका युवासँग विवाह गरेकी हुन्।
मलालाले सोसल मिडियामार्फत् विवाहको तस्बिर सार्वजनिक गरेकी छिन ।
उनले लेखेकी छन्,‛आज मेरो जीवनको एक अनमोल दिन हो। असर र म जीवनभर एकअर्कोको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ।हामीले बर्मिंघममे आफ्नो अभिभावका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ। हामी आगामी यात्राका एकअर्काको साथ अघि बढाउन उत्साहित छौँ। हामीलाई तपाईँहरुको शुभकामनाको आवश्यकता छ।’
महिलाको पढाइको लागि आवाज उठाउने मलालामाथि सन् २०१२ मा तालिवानको आक्रमण भएको थियो।