रौतहटमा भारतीय नम्बरको कार दुर्घटना, ४ को मृत्यु

0 Shares

एजेन्सीः रौतहटमा भारतीय नम्बरको कार दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर गइरहेको यू.के.१२ सी २९०० नम्बरको भारतीय कार गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । कार पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनीहरुको सनाखत हुन सकेको छैन । मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ ।

सम्बन्धित समाचार

सबै