0
Shares
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज (सोमबार) पनि देशभर विरोध प्रदर्शन गर्दैछ । बार एसोसिएसनले देशभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गर्ने बारले जनाएको छ ।
प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सबै न्यायाधीशलाई पत्र पठाएको छ ।