0
Shares
काठमाडौंः आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ५ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा ५ सय रुपैयाले नै घटेको छ ।
मंगलबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।