0
Shares
काठमाडौंः कानून व्यवसायीहरुले आफूहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप बढेको भन्दै गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।
प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ । प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालोपट्टी बाँधी विरोध गरिएको छ ।