हत्याको अभियोगमा एक पक्राउ

0 Shares

दोलखाः दोलखामा हत्याको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका–४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५७ वर्षीय विष्णु श्रेष्ठलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भएको थियो । उनको च्छोरोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

सबै