प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल वीच भेटवार्ता जारी

0 Shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी रहेको छ ।व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका हुन् ।

आज विहान अर्थमन्त्री विष्णु पौडेलले नेपालसँग भेटका क्रममा सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । नेकपा स्थायी समितिको बैठकले ४ नेतालाई गरीएको कारर्वाही फिर्ता लिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

सबै