अहिले देशभर कोरोना महामारीको दास्रो लहर फैलिरहेको अवस्थामा देशका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिँद गएका छन् भने थप कडाई पनि गरिएको छ ।
सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, रौतहट, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको हो । ल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको सम्वनत जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।
यस्तै बाजुरामा जारी निषेधाज्ञालाई जेठ ७ गते राति १२ बजेसम्म पुर्याईएको छ ।मकवानपुरमा पनि निषेधाज्ञा थप गर्दै जेठ १३ गतेसम्म पुयाइएको छ ।
साथै प्रदेश नम्बर २ को रौतहटमा ७ दिन निषेधाज्ञा थप गरिएको छ ।वैशाख ३१ गते राति १२ बजेदेखि जेठ ७ गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा थप गरेको हो ।
उता, झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म पुर्याईएको छ ।