सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान

0 Shares

प्रधानमन्त्री केपी ओलीले आफुले गरेको मध्याबधि चुनाबक घोषणा बैधानिक रहेको जिकिर गरेका छन् ।साथै उनले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् ।

शुक्रवार देशबासीका नाममा सम्बोधन गर्दै उनले भने ‘मैले पनि बिश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संबधानिक बाध्यता अनुसार संसद विघटन गर्नु परेको हो,  उनले भने, देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावम जानुको विकल्प थिएन ।

उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने बताए । नेपाल पक्षलाई संकेत गर्दैै ओलीले भने  कहिले पार्टीका उम्मेदबार हराउने बिपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनुपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले बिपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका बिकृति देखा परेका छन् , उनले भने २०४८ सालपछि देखिएका संसदीय बिकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’

आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा जोड दिए ।उनले भने, हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।

प्रधानमन्त्री केपी ओलीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए । प्रधानमन्त्रीले अनेक अबरोधका बाबजुत पनि राष्ट्रमा असंख्य बिकास भएको बताएका छन्  ।

ओलीले कोभिड–१९ बिरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ओलीले  पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभयो ।

खोपको बितरण हुँदा बिकासशील मुलुकका समग्र योजना प्रभाबत भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए ।

प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे ।

उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारवही गरिने भनुु भएको छ।

सम्बन्धित समाचार

सबै